Naya Sadar
Badar

ऐतिहासिक जोलजिवि मेला महोत्सवमा दुई दर्जन कलाकार आउदै

Sadar Sano

दार्चुला । ‘ऐतिहासिक जोलजिवि मेला हाम्रो सान,कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान भन्ने मुला नाराका साथ यहि मंसिर १ देखि ११ गते सम्म सञ्चालन हुने ऐतिहासिक जोलजिवि मेला महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् ।

महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरु बढाउन थालेका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै जोलजिवि मेला महोत्सव हुँदैछ ।

Naya Mat patra

११ दिन सम्म दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी क्षेत्रमा चल्ने महोत्सवमा बिभिन्न रमाइलोमय साँस्कृतिक प्रस्तुतिहरुसँगै दुई दर्जन कलाकारहरु महोत्सवमा आउने भएका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै सुदुरपश्चिका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

महोत्सवमा हुँने साँस्कृतिक कार्यक्रममा खुमन अधिकारी,अज्जली अधिकारी, राजेन्द्र भट्ट (आर जे), सम्झना भण्डारी ,खेम सेन्चुरी,ध्वज महरा ,भुमिका गिरी ,चेतन बोहरा ,अर्जुन कौशल ,रमेश राज भट्टराई ,आउने भएका छन । यस्तै प्रवित्रा भन्डारी भानुभक्त जोशी शृजना खत्री र टंक तिमिल्सेना रहेका छन । कार्यक्रममा साँस्कृतिक कार्यक्रम बाहेक केहि हास्य व्यङ्ग्य प्रस्तुतिहरु राखिने आयोजकले जनाएको छ ।

ऐतिहासिक जोलजिवि मेला १४९ बर्ष पुरानो हो । महाकाली र गोरी नदीको संगम जोलजिविमा नेपाल र भारत दुबै तर्फ यो मेला लाग्ने गर्दछ । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिविमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको किम्बदन्ती छ । त्यो समयको यो मेलामा नेपाल र भारतका ब्यापारीका साथै चीनको तिब्बतका ब्यापारीहरुले समेत ब्यापार गर्ने गरेका थिए । सन् १९६२ को भारत–चीन युद्ध पछि तिब्बतका ब्यापारीहरुले मेलामा भाग लिन छोडेको बताइन्छ । जोलजिवि मेलामा बाजुरा, जुम्ला तथा हुम्लाका घोडा, विभिन्न क्षेत्रका कपडा तथा खाद्यान्नको समेत ब्यापार हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.