“झुट्टा प्रलोभनमा पारि माओवादी वडा कमिटीको अध्यक्ष बनाईयो” कांग्रेस वडा सचिव धामी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का कांग्रेस वडा सचिव फगेस धामीले आफुलाई ललाइ फकाई आफ्नो इच्छा विपरित माओवादी केन्द्रले आफुलाई वडा नम्बर ४ को वडा कमिटी अध्यक्ष बनाएको बताउनु भएको छ।

केही दिन अगाडी गठन भएको नेकपा माओवादी केन्द्रको शैल्यशिखर नगरपालिका वडा अधिवेशनबाट धामीलाई वडा नम्बर ४ को वडा कमिटी अध्यक्ष बनाइएको थियो । आफ्नो इच्छा विपरित झुट्टा प्रलोभनमा पारि वडा कमिटी अध्यक्ष बनाइएको भनि भ्रम फैलाएको भन्दै धामीले आफु काग्रेसमै रहेको बताउनुभएको छ।

No description available.

No description available.

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.