फेवातालमा कार खस्दा युवकको मृत्यु

पोखरा । पोखराको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ ।

गएराती करिब २ बजे भएको दुर्घटनामा परेर स्याङ्जा फेदीखोला –५ घर भई पोखरा–७ मासबार बस्ने वर्ष २४ का अदित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा पामे सडकको गैह्राको चौतारा नजिक कार दुर्घटना भएको खबरपछि कालिका गणको गोताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

तालबाट गुरुङलाई अचेत अवस्थामा तालबाट उद्धार गरी अस्पताल पठाएकोमा उपचारको क्रममा करिब साढे ४ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तालमा खसेको बीएए १५८२ नम्बरको कारलाई क्रेनको सहायताले घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.