Naya Sadar
Badar

महाकाली नगरपालिकामा बेसहारा आमा बुवालाइ रासन कार्ड वितरण

Sadar Sano

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा “बेसहारा आमाबाबुको सहारा नगर प्रमुख” कार्यक्रम अन्तरगत छोरा छोरी गुमाएका बेसाहारा आमा बुवालाई रासन कार्ड वितरण गरिएको छ। महाकाली नगरपालिकाको वडा नम्बर १ मा आजबाट रासन कार्ड वितरण सुरु गरिएको हो ।

छोरा छोरी गुमाएका वा नभएका बेसहारा ६० वर्ष माथिका बेसहारा आमा बुवालाई नि:शुल्क रासन कार्ड वितरण गर्दै नगरप्रमुख हंसराज भट्टले कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

Naya Mat patra

नगरपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र विनियोजन ऐनमा समावेश गरिएको बेसहारा आमा बुवाको साहारा नगर प्रमुख तथा टुहुरा बालबालिकाको अभिभावक नगर प्रमुख कार्यक्रम मार्फत उहाँहरुलाई नि:शुल्क रासन कार्ड वितरण गरिएको नगर प्रमुख भट्टले बताउनुभयो ।

कार्यविधि अनुसार ६० वर्ष भन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा नि:शुल्क वितरण गर्न कार्यविधि तयार गरी नि:शुल्क खाद्यान्न रासन कार्ड वितरण गरिएको बताइएको छ । रासन कार्ड मार्फत बेसहारा आमा बुवालाई मासिक रुपमा १५ किलोग्राम चामल, समान २–२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने जनाइएको छ ।

नगरपालिकाले संचालन गरेका सफत मुल्य पसलहरुबाट उहाँहरुलाई खाद्यान्न उपलब्ध गराइने बताइएको छ । साथै बेसहारा आमा बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले बताउनुभयो ।

बेसाहारा आमा बुवाले कार्तिक महिना देखी नि:शुल्क रुपमा खाद्यान्न प्राप्त गर्दै आइरहेका छन् । कार्यक्रममा नगर उपप्रमुख सुना बोहरा, नगर प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष पदम सिह महरा, वडा नम्बर १, ४, र ७ का वडा अध्यक्ष कल्यान सिंह कुवर, पुस्कर राज जोशी दिनेश राज जोशी प्रमुख प्रशासकीय अधिकृत डा. विजय भुर्तेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.