विगतका काम देखाएर मत माग्दै गणेश ठगुन्ना

दार्चुला । नेपालको चुनावी राजनीतिमा प्राय: भविष्यका वाचा, योजना र आकर्षक नाराहरू हाबी हुने गरेका छन्। तर दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेश सिह ठगुन्नाले यसपटक फरक शैली अपनाएका छन्।

उनले भविष्यका प्रतिबद्धताभन्दा विगतमा सम्पन्न काम र अधुरा कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका छन्। चौथोपटक प्रतिस्पर्धामा उत्रिएका ठगुन्नाले “के गर्ने” भन्दा “के गरियो” भन्ने बहसलाई केन्द्रमा राखेका छन्।

उनका चुनावी सामग्रीहरूमा सडक विस्तार, विद्युत् पहुँच वृद्धि, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, खानेपानी, सिँचाई, विद्युतीकरण, स्थानीय कनेक्टिभिटी विस्तार र संघीय बजेटमार्फत ल्याइएका योजनाहरूलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको छ।

विशेषगरी भिडियो सामग्रीमार्फत प्रमाणसहित उपलब्धि देखाउने प्रयासलाई दार्चुलामा नयाँ अभ्यासका रूपमा हेरिएको छ। उनले ती भिडिओहरुलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित ठगुन्नाको भूमिकाबारे विगतमा बहस हुँदै आएको थियो।

दार्चुला ऐतिहासिक रूपमा राजनीतिक चेतना र परिवर्तनको केन्द्र मानिन्छ। यहाँ मतदाता अपेक्षाकृत सचेत र परिणाममुखी रहेको स्थानीय मतदाताहरुले बताएउने गरेका छन् । ठगुन्नाले आफ्नो कार्यकालको मूल्यांकन तथ्यका आधारमा गर्न मतदातासमक्ष आग्रह गरेका छन्। यसले चुनावी प्रतिस्पर्धालाई आरोप–प्रत्यारोपभन्दा बाहिर निकालेर उपलब्धि–केन्द्रित बहसतर्फ लैजाने प्रयासका रूपमा बुझिएको छ।

नेता ठगुन्ना भन्छन्, जनतालाई अब भविष्यका सपना बाँडेर मात्रै हुँदैन, विगतमा जनप्रतिनिधिको भूमिकाम रहँदा के गरियो भनेर तथ्यगत रुपमा बताउनुपर्दछ भन्ने लागेर नै मैले यो अभियान सुरु गरेको हुँ। यसले नेपाली राजनीतिमा पनि नयाँ परम्पराको विकास हुने विश्वास गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.