ऐतिहासिक जोलजिवी मेला शुरु

दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला शुरु भएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ समेत बुधबारदेखि विधिवत रुपमा भब्यताकासाथ शुरु भएको हो । नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेला व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

छिमेकी भारतीय बजार जौलजीविमा सन् १९७५ बाटै सरकारीस्तरबाट मेलाको आयोजना भइरहेको भएपनि नेपालतर्फ २०७५ साल देखि महोत्सव मेला लाग्ने गरेको छ । स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि भन्दै आज भन्दा ४ वर्ष पहिले देखि महोत्सवको आयोजना गरिएको हो ।
सयौ वर्षौ पूरानो इतिहासलाइ जिवन्त राख्न आयोजित महोत्सवको बुधबार उद्घाटन गरिने भएको छ । सन् १८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजीवि मेलाको सुरुवात गरेको इतिहास छ । जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ । विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन मेलालाइ सरकारीस्तरबाट निरन्तरता दिनुपर्ने यहाँका स्थानीयहरुले माग गरेका छन । यस क्षेत्रमा कालो नुन, गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको छ । त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जौलजीवि मेला विगतमा जुम्ली घोडाको लागि प्रख्यात मानिन्छ ।
मेलाबाट जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्रसिंह धामीले बताए । गाउँपालिकाभित्रको भाषा संस्कृति र पर्यटन विकासको लागि गाउँपालिकाले लगाएको मेला एवं महोत्सव मंशिर ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यो वर्ष ‘ऐतिहासिक जोलजिवि मेला हाम्रो सान,कला सस्कृति र पर्यटन प्रर्बद्धन हाम्रो अभियान भन्ने मुला नाराका साथ आज देखि ११ गते सम्म सञ्चालन हुने बताइएको छ ।

११ दिन सम्म दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ जोलजिवी क्षेत्रमा चल्ने महोत्सवमा बिभिन्न रमाइलोमय साँस्कृतिक प्रस्तुतिहरुसँगै दुई दर्जन कलाकारहरु महोत्सवमा आउने भएका छन् ।

health
Leave A Reply

Your email address will not be published.