काँग्रेस महाधिवेशन : दार्चुला जिल्ला सभापतिका लागि बोहराको उम्मेदवारी घोषणा

दार्चुला । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दार्चुला जिल्ला सभापतिका लागि ललितसिह बोहराले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार अपिहिमाल गाउँपालिकामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बोहरा नेपाली काँग्रेस दार्चुलाका बर्तमान सभापति हुनुहुन्छ ।

यस्तै उपसभापतिमा ललितसिह ठगुन्नाले उम्मेदवारी घोषणा गर्नुभएको छ । अन्तरक्रिया कार्यक्रम मार्फत महाधिवेशन प्रतिनिधिमा जगदीश बहादुर पाल, मानसिह बुढाथोकी र शम्भु जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसअघि नै जिल्ला सभापतिका लागि बर्तमान उपसभापति अमरसिह धामीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.