दार्चुलाको दुहुँ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा

दार्चुला । सरकारले दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंसिर २ गते बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।सरकारको निर्णयले बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पिडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

‘नेपाल सरकारलाई दुहुँ गाउँपालिको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौं,’ उहाँले भन्नुभयो,गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उहँले बताउनुभयो । अब सरकारले पुनःस्थापना र पुर्ननिर्माणका लागि विशेष प्याकेज ल्याउनेछ ।

Leave A Reply

Your email address will not be published.