काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनको अधिकार हटाएर निजामती विधेयकको मस्यौदा ल्याएको छ ।
संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले शुक्रबार सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा ट्रेड युनियन अधिकार उल्लेख छैन । विधेयकको मस्यौदामा निजामती कर्मचारीले कुनै पनि संगठित गतिविधि गर्न नपाइने उल्लेख छ ।
कर्मचारीले आफूलाई मर्का परेको विषयमा लिखित र मौखिक रूपमा गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ । विगतमा ट्रेड युनियनबारे विवाद हुँदै आएको थियो ।
सरकारले ल्याएको मस्यौदामा कर्मचारीको अवकास उमेर ६० वर्षको प्रस्ताव गरिएको छ । सरकारले १४९ दफाको विधेयक ल्याएको हो ।