राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय मानव विकास प्रवद्र्धन विभागको सदस्यमा बिष्ट मनोनित

कञ्चनपुर ०९ जेष्ठ ।  

कञ्चनपुरका उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय मानव विकास प्रवद्र्धन विभागको सदस्यमा मनोनित भएका छन् । पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंबाट जारी पत्रमार्फत बिष्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो । महामन्त्री भूप देव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

भीमदत्त नगरपालिका–४ निवासी बिष्ट लामो समयदेखि राप्रपाको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए । उनको मनोनयनसँगै कञ्चनपुरमा रास्वपाको संगठन विस्तार तथा गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.