अलपत्र महेन्द्रनगर सिटीहलमा सत्तारुढ  दल रास्वपा कञ्चनपुरको प्रथम अधिवेशन  उपसभापतिमा भागरती बडाल निर्बिरोध 

कञ्चनपुर, २४ जेष्ठ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले अलपत्र पारिएको महेन्द्रनगर सिटीहलमा जिल्ला अधिवेशन गर्न लागेको छ । रास्वपाले भीमदत्त नगरपालिका ४महेन्द्रनगर सिटी हलमा जिल्ला पाटीको प्रथम अधिवेशन गर्न लागेको हो । पाटी केन्द्रीय कार्य तालिका अनुरुप २४जेठ अर्थात आईतबार प्रथम जिल्ला अधिवेशन गर्न लागेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय सदस्य बिजय जैरुले उद्घाटन गरेको अधिवेशनमा नेता एव सासदद्वय जनक सिह धामी, ज्ञानेन्द्र सिह महता सहितले शुभकामना मन्तव्य दिर्दै प्रथम अधिवेशन भएकाले सर्वसम्मत जिल्ला कार्य समिति चयनका गर्दै जनताको हितमा काम गर्न आब्हानगरेका थिए ।

रास्वपा जिल्ला प्रमुख(सभापतिका) लागि निर्वतनमान सभापति पदम विष्ट र कोषाध्यक्ष नविन चन्दले उम्मेदवारी दिएका छन ।

उपसभापतिमा भागरथी बडाल निर्बिरोध निर्वाचित भएकी छिन । भने महिला तर्फ हिरा विष्ट र दलित सदस्य तर्फ कमला दमाई पनि निर्बिरोध निर्वाचित भएका छन ।

रास्वपा जिल्ला निर्वाचन समितिको तथ्याङ्क अनुसार सचिवमा राकेश चन्द, रामदत्त भट्ट , सहसचिवमा बिरेन्द्र सिह साउद, यज्ञराज जोशीले उम्मेदवारी दिएका छन ।

यस्तै आदिवासी सदस्य तर्फ कञ्चन डगौरा , मिनादेवी राना, खुला सदस्य तर्फ दुर्गा प्रशाद अवस्थी, प्रेम सिह कर्की, लक्ष्मण गिरी, हिरा चन्द, गोकर्ण प्रशाद लामिछाने, शिवराज भट्ट, धन बहादुर शाही, डम्बर सिह कार्की, उमेराज पाण्डेय, टेकेन्द्र प्रशाद भट्ट, लक्ष्मण राना, कुश ताम्राकारले उम्मेदवारी दिएका छन ।

यस्तै गरी क्षेत्र १ बिरेन्द्र शाही(बिरु), दिल बहादुर खडका, तारादेवी थापा, बीर बहादुर बडुवाल, सहबिर महतरा, क्षेत्र २ दुर्गादेवी भुसाल, गणेश बहादुर खडका, हरक सिह महरा , मञ्जु विष्ट, कुश ताम्राकार, पदमराज जोशी, मिना देवी राना र क्षेत्र ३ मा धन बहादुर थापा, पुष्पा चन्द , पूर्णसिह साउद , दल बहादुर गुरुङ्ग, अम्बादत्त जोशी , कर्ण बहादुर चन्द, देवराज जोशीले उम्मेदवारी दिएका हुन । यद्यपी रास्वपा जिल्ला नेता कार्यकर्ताहरुले सहमतीको प्रयास जारी रहेको जनाएका छन ।

पाँच भन्दा बढि पटक म्याद थप गर्दा समेत १८ बर्षसम्म ठेकेदारले सिटीहल अलपत्र पारेपछि तीनै सरकारले गिजाईरहेको अवस्थामा सत्ताधारी दल रास्वपाले जिल्ला अधिवेशन कुनै होटल, पाटी पैलेश भन्दा अलपत्र पारिएको सरकारी हलमै गरेर संचालनको सन्देश दिन खोजेको नेता कार्यकर्ताहरुको भनाई छ ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले जिल्ला अधिवेशन ऐतिहासिक एव भव्य हुन लागेको बताउँदै सभापति विष्टले रास्वपा जनताको पाटी भएकाले बृहद रुपमा जिल्ला अधिवेशन हुने बताए ।

०७९ असारमा भएको जिल्ला भेला र त्यसपछिको ०८१मा भएको अर्को जिल्लाबाट रास्वपा नेता पदम विष्टले जिल्ला नेतृत्वको लिएका थिए । सभापति विष्टले यस अघिका तदर्थ समिति अब अधिवेशनबाटै नयाँ कार्य समिति विस्तार गरिने भएकाले ऐतिहासिक भएको दावि गरेका छन । सभापति विष्टले आफ्नै नेतृत्वमा तीन÷तीन केन्द्रीय सासद निर्वाचितदेखि जिल्लाबाट दुई÷दुई मन्त्री भएकाले अब पाटी जनताको हितमा काम गर्ने उद्घोषक गरेका छन । जनतासग गरेको बाचा अनुरुप पाटीका सासदले कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ०६५ सालमा ठेकेदार कम्पनी श्याम सुन्दर र गौरी पार्वतीले तत्तकालिन नगरविकास समितिसंक्ष् दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा सिटीहल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । तर, १८ बर्षवितिसक्दा पनि पुरा गरेको छैन । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे ५ बिघा जमिनमा पर्खाल लगाएर सिटीहल निर्माण गरिएको छ । अपांगमैत्री सिटी हल एक साथ करिब एक हजार दर्शक अटाउने क्षमताको रहेको तीनतले सिटी हलमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनी छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गसँगै जोडिएको सिटी हल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नु परेको सेवाग्राहीको गुनासो गरिएको छ । ठेकेदारले अलपत्र पारेको सिटी हलमै जिल्ला अधिवेशन गरेर रास्वपा कञ्चनपुरले पाटी, सरकारलाई राज्यको लगानीमा रहेका सिटीहल सचालनको सन्देशले अब सिटी हल संचालन हुने अपेक्षा समेत गरिएको छ ।

 

Leave A Reply

Your email address will not be published.