कञ्चनपुर, १६ असार ।
कञ्चनपुरको महेन्द्रनगरमा मधेशी आयोगले ‘मधेशी समुदायको शसक्तिकरण लोक सेवा तयारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।

मंगलबार सुप विश्वविद्यालयको हलमा ‘मधेशी समुदायको शसक्तिकरण लोकसेवा तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो । मधेशी आयोगका सदस्य रेनुदेवी शाहले मधेशी समुदायका विद्यार्थीका लागि लोक सेवा आयोगले गरेका प्रावधान बारे जानकारी गराउने उदेश्यका साथ कार्यक्रम गरेको बताईन । कार्यक्रममा मधेशी समुदायका अगुवा रामसोगराथ ठाकुरले मधेशी आयोगले मधेशी समुदायका विद्यार्थीलाई राज्यका विभिन्न निकायमा प्रवेस गराउने बारे दिएको जानकारीबाट केही विषयबस्तु बारे विद्यार्थीलाई सहज भएको बताए । कार्यक्रममा सहसचिव समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईराला र उपसचिव सुष्मा महता(केसी)ले मधेशी विद्यार्थीका लागि लोक सेवाले गरेका प्रावधान बारे जानकारी गराएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाले मधेशी समुदायका विद्यार्थीका लागि सहज भएको बताए ।