कञ्चनपुर १७ असार ।
कञ्चनपुरको महेन्द्रनगरमा नेपाली काँग्रेसले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने गराउने सन्र्दभमा बृहत छलफल तथा अन्तरकृया हुन लागेको छ ।

नेपाली काँग्रेस कञ्चनपुरको आयोजनमा महेन्द्रनगरमा बिहीबार काँग्रेसले क्रियाशिल सदस्यता अद्यावधिक गर्ने गराउने सन्र्दभमा बृहत छलफल तथा अन्तरकृया हुन लागेको हो ।
नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल सिह गुरुङ्गले अन्तरकृयाको तयारी पुरा भएको बताए । उनका अनुसार दिउँसो निर्माण व्यवसायी संघको हलमा हुने कार्यक्रममा सदस्यता अद्यावधिक गर्ने विषयमा बृहत छलफलदेखि पाटी एकढिक्का बनाईने विषयमा घनिघुत छलफल हुनेछ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिलेन्द्र प्रशाद बडूको प्रमुख आतिथ्यमा कार्यक्रम हुनेछ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति हरिशचन्द्र रानाले पाटीलाई थप एकजुट सुदृढ बनाउँदै जनताका शसक्त बनाउनका लागि छुटपुट साथीहरुको सदस्यता नवितरण तथा अद्यावधिक गर्ने बताए । कार्यक्रममा नेता कार्यकर्ताहरुले वर्तमान समसायिक राजनैतिक विषयमा समेत छलफल गर्ने जनाएको छ ।