कञ्चनपुर, १८ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि भएको कुटपिट प्रकरण मुद्दा मिलापत्र भएको छ । चार बर्ष अघि ०८० साउन अन्तिम एमाले पार्टी कार्यालय कञ्चनपुरमा वडाध्यक्ष देवकोटा माथि भएको अदालत पुगेको कुटपिट प्रकरण मुद्दा मिलापत्र भएको हो ।
तत्तकालिन अवस्थामा पार्टी जिल्ला सदस्य समेत रहेका वडाध्यक्ष देवकोट माथि युवा संघ कञ्चनपुरको १० औँ जिल्ला अधिवेशनमा कुटपिट भएको थियो ।
झण्डै चार बर्षमा उक्त मुद्दा टुङगिएको दुवै पक्षले जनाएका छन । वडाध्यक्ष देवकोटाले आफुमाथि ज्यानै लिने गरेर भएको कुटपिटमा संलग्न ६जना बिरुद्ध मुद्दा दायर गरेका थिए । प्रतिवादी पक्षबाट वडाध्यक्ष देवकोटाको उपचारमा लागेको खर्च अर्थात साढे तीनलाख रुपैया उपचार गर्न समेत दिएका छन ।
युवा संघ अधिवेशन अध्यक्ष मण्डलका सदस्य समेत रहेका देवकोटा माथि कुटपिट भएपछि उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर, धनगढीको मायामेट्रो अस्पताल हुदै काठमाण्डौँको हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार गरेका थिए ।
वडाध्यक्ष रविन्द्र देवकोटाले उतिबेला पार्टी कार्यालयमा भएको दुखत दुर्घटनामा साथीभाईहरुले गल्ती भएको महसुस गरेको, अव उपरान्त यस्ता घटना दोहोरिन नदिने गरेर पार्टी कार्यालयमा हार्दिकताका साथै अदालतमा प्रकृयागत रुपमा टुङगो लगाएर मित्रापत्र गराएको बताए ।
युवा संघ कञ्चनपुरका नेता प्रविन बोगटीले उतिबेला राजनैतिक कामकाजका सिलसिलसिलामा पाटी कार्यालयमा भएको घटनाप्रति दुवै पक्षले समिक्षा गर्दै कमिकमजोरी स्वीकार गरेपछि घटना मिलापत्रमा टुङगो लगाएको बताए । उनले दुवै पक्षले जनताका लागि एकै विचारधारामा काम गर्नुपर्ने मुद्दा मामिलाबाट भन्दा साथीभाईविच थप हार्दिकताको विकास गराउनको विषयमा एकमत भएको बताए । पार्टी कार्यालयमै भएको कुटपिट प्रकरणपछि तालाबन्दी, आन्दोलन, कार्बाहीदेखि फुकुवा, मिलापत्रमै ढुङगिएपछि यसलाई नेता कार्यकर्ताहरुले आपसी सहमती, सहकार्यका टुङगो लगाउने कार्य राम्रो अभ्यास भएको बताएका छन । युवा संगठन कञ्चनपुरको १०औँ जिल्ला सम्मेलन उद्घाटनका लागि तत्त्कालिन पार्टी पोल्टिब्यूरो सदस्य एव युवा संगठनका इन्चार्ज हालका पाटी महेश बस्नेतको प्रमुख आतित्यमा कार्यक्रम भएको कार्यक्रममा नविन चन्द र दिनेश विष्ट दुई खेमा देखिएका थिए । साथीभाईहरुविच राजनैतिक कामकाजका सिलसिलामा भएको कुटपिट दुर्घटना दुखत भएपनि नहुनुपर्ने र मिलापत्र राम्रो भएको पाटीभित्रै होईन समाजिक क्षेत्रमा समेतले राम्रो भएको बताईरहेका छन । जनक्रान्ति दैनिकबाट