कञ्चनपुरका तीन किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार

धन सिंह धामी
कञ्चनपुर
कञ्चनपुरका तीन किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार पाईएको छ । बेदकोट नगरका एक र कृष्णपुर नगरका दुई किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार पाईएको हो । जिल्लाका तीनै किसानलाई सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र मार्फत भीमदत्त उत्कृष्ट पुरस्कार पाईएको जनाएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख कृषि प्रसार निर्देशक हरि प्रशाद पनेरुले चालु आर्थिक बर्ष ०८२÷०८३मा उत्कृष्ट किसान छनौट गरेर पुरस्कार वितरण गरिएको बताए । निर्देशक पनेरुका अनुसार बेदकोट नगरवपालिका ५धरमपुरका कलुवा कामी, कृष्णपुर ४मा सुरेन्द्र चौधरी र पुष्पा कुमारी कलौनीलाई नगद २५ हजार सहित प्रमाण पत्र वितरण गरिएको छ ।
कामि तरकारी खेती, चौधरी केराखेती र कलौनीलाई भैसीपालन विद्यामा पुरस्कृत गरिएको छ । प्रदेश सरकारले स्वदेशमै युवाहरुलाई कृषि उद्यम पेशा मर्यादित बनाउने उदेश्यका साथ कृषिप्रति आकर्षित गराउनका लागि पुरस्कार प्रदान गरिएको निर्देशक पनेरुले बताए । उनका अनुसार कृषिको थप व्यवसायका लागि शुक्रबारै जिल्लाका कृषि प्राविधिकसंग तथ्याङ्क बारे छलफल गरिएको छ ।
छलफलमा जिल्लाभरीको कृषि तथ्याङ्क बारे छलफल गरेर सोही अनुरुप कार्यक्रम संचालनदेखि भावि दिनहरुमा उत्कृष्ट किसान छनौट विधी समेत परिमार्जित आवश्यक रहेको बताए । पुरस्कृत भएका किसानहरुले समेत पश्रिमको मुल्याङकन भएको बताएका छन । दुई दशकदेखि व्यवसायिक केराखेती गर्दै आएका कृष्णपुरका किसान सुरेन्द्र चौधरीले किसानले पुरस्कृत भएपछि थप व्यवसायिक काममा उर्जा थपिदिएको बताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पुरस्कृत भएका उत्कृष्ट किसानहरुले निरन्तर काममा खटिनुपर्ने सुझाव दिए । जिसस प्रमुख बोहराले अनुदान लगेर काम नगर्ने प्रवृतिले समेत कृषि व्यवसाय फस्टाउन नसकेको दुख व्यक्त गर्दै अब अनुदानमा थप कडाई गर्नुपर्नेमा सुझाव दिएका छन । स्वदेशी बस्तु तथा सेवा उत्पादन गर्दै कृषिमै आत्मनिर्भर आवश्यक रहेको औल्याए ।

Leave A Reply

Your email address will not be published.