सहकारी हिनामिना मुद्दाका फरार अभियुक्त सोती पक्राउ

कञ्चनपुर ।

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन । अदालतबाट सहकारीको रकम हिनामिना मुद्दामा कैद र जरिवाना तोकिएका भीमदत्त गरपालिका २महेन्द्रनगरका स्थानीय समेत रहेका सिद्धराज सोती पक्राउ परेका हुन ।

 

सोती बिरुद्ध अदालतमा दायर भएको सहकारीको रकम हिनामिना मुद्दामा २मंसिर ०८२सालमा जिल्ला अदालत कञ्चनपुरले २ बर्ष कैद र ८लाख, ८७ हजार,२७८रुपैया कैद जरिनामा फैसला गरेको थियो ।

 

कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहाुदर रावतले अदालतको फैसला अनुरुप सोतीले कैद र जरिनामा नतिरेपछि फरार भएकाले पक्राउ गरेर अदालत हुँदै कारागार चलान गरिएको बताए । देशभर सरकारी ठगिका घटनाहरु बढिरहेका बेला कञ्चनपुरमा पनि सोती पक्राउसंगै सहकारी ठग्नेहरु त्रसित भएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.