नेकपा दार्चुलाको सहइन्चार्जमा पन्त, सहसंयोजकको जिम्मेवारी कुँवरलाई

दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दार्चुला लगायत सुदूरपश्चिमका पाँच जिल्लामा जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाका सुदूरपश्चिम प्रदेश समितिले जिल्लामा रहेका केन्द्रीय सदस्यहरुलाई थप जिम्मेबारी दिएको हो ।

प्रदेश कमिटी कार्यालयको शुक्रबार बसेको बैठकले दार्चुला कैलाली, कञ्चनपुर, बैतडी,  र बझाङ जिल्लामा रहको भूगोलतर्फका केन्द्रीय सदस्यहरुलाई सहईञ्चार्ज र सहसंयोजकको जिम्मेवारी दिएको छ ।

दार्चुलामा पदमराज पन्तलाई सहईञ्चार्ज र विनोद कुँवरलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । पन्त यसअघि जिल्ला संयोजक र कुँवर सचिव थिए ।

कैलाली जिल्लामा जिल्ला सह–इन्चार्जको जिम्मेवारी पूर्वमन्त्री तथा प्रदेश सदस्य रमेशसिंह धामी, कर्ण जैशी, गोविन्द तिमिल्सिना र कल्पना रेग्मीलाई दिएको छ ।
प्रदेश कमिटीका संयोजक हरिराम चौधरी उत्सव र सहसंयोजक लालबहादुर खड्काले हस्ताक्षर गरेको परिपत्रअनुसार कञ्चनपुरमा माया नेगी, अमिन दहित र पूर्वप्रदेशसभा सदस्य मानबहादुर सुनारलाई सहईञ्चार्ज र देबेन्द्र ढुंगानालाई सहसंयोजकको थप जिम्मेवारी दिएको छ ।

यसैगरी, बैतडीमा पूर्व प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, शंकरसिंश भण्डारी, गणेश सावद र विक्रम कुँवरलाई सहईञ्चार्ज र रमेश चन्दलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । भने बझाङमा नन्दलाल धामीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.