रास्वपा वडा नं. १२ को मासिक भेला सम्पन्न

कञ्चनपुर ।

भीमदत्त नगरपालिका–१२, ओदालीस्थित पीपल चौतारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नं. १२ को मासिक भेला सम्पन्न भएको छ।

 

भेलामा सयौँको संख्यामा रास्वपाका सदस्य तथा समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी स्थानीय निर्वाचनको तयारी तथा निर्वाचन केन्द्रित गतिविधिका विषयमा छलफल गरिएको थियो।

 

भेलाका क्रममा नयाँ वडा समितिको अध्यावधिक गर्नुका साथै वडा क्षेत्रभित्रका गतिविधिलाई प्रभावकारी बनाउन ६ वटा टोली समिति समेत गठन गरिएको छ।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भीमदत्त नगर सभापति दिनेश भट्ट सहभागी हुनुहुन्थ्यो। कार्यक्रम वडा सभापतिको सभापतित्वमा सम्पन्न भएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.