Naya Sadar
Badar

पाँच प्रदेशमा भारी हिमपातको सम्भावना

Sadar Sano

दार्चुला – आज देशका पाँच प्रदेशमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर मौसमविद्ले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको बताएका हुन् ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज बेलुकादेखि हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, आज देशका केही पहाडी क्षेत्रमा हल्का वर्षासमते हुने उहाँले बताउनुभयो ।

Naya Mat patra

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाइ र यातायातसँगै दैनिक जीवनमा नै असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । पर्वतारोहणमा जाँदा वा एक ठाउँबाट अर्को ठाउँमा जाँदा मौसमको अवस्था बारे जानकारी लिन सुझाव दिइएको छ । यस्तै, मौसम पूर्वानुमान महाशाखाले यो प्रणालीले पार्ने असर बारे निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार सूचना निकाल्ने पनि जनाएको छ ।

हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ । नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा अझै घट्ने र चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.