काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनमा दिएकी छिन्।
मन्त्री यादवको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्।
ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ्न थालेको थियो। बुधबार संसदको उद्योग समितिको बैठकमा ‘ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिएकी थिइन्।
मन्त्री यादवले पछिल्ला दिनमा काठमाडौंका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उद्योगीप्रति आक्रोस पोखेकी थिइन्।
उनले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गरेकी थिइन्।
