कञ्चनपुरका सरक्षणकर्मीको प्रदेश सरकारलाई ज्ञापन ः मानव वन्यजन्तुद्वन्द्व न्यूनिकरणका योजना ल्याउन माग

कञ्चनपुर । 

कञ्चनपुरका सरक्षणका संघ संस्था एव सरक्षणकर्मीले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।

चुरे सरक्षण सञ्जाल नेपाल, फोकोफन, सामुदायिक वनका पदाधिकारी एव सरक्षणकर्मीले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले पछिल्ला बर्षहरुमा कञ्चनपुरमा वन्यजन्तुको आतङ्क बढिरहेका बेला न्यूनिकरणका लागि योजना ल्याउन ध्यानाकर्षण गराएको बताए ।

अध्यक्ष कुँवरका अनुसार मुख्यमन्त्री खगराज भट्ट, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावल, भौतिक पूर्वाधार विकास मन्त्री ओम विक्रम भाट(सरल) सहितका मन्त्रालय, मन्त्री, सासद एव सचिवालयमा ज्ञापन पत्र बुझाएको बताए ।

कञ्चनपुर मात्रै नभई सुदूरपश्चिम प्रदेशभरी वन्यजन्तुको आतङ्कले जनता हैरान भएकाले त्यसतर्फ योजना ल्याउन ध्यानाकर्षण गराएको छ ।

वन सरक्षणका साथै बस्ती नजिक मेसवार,विपन्न वर्गलाई जीविकोपार्जनका कार्यक्रम ,ब्रम्हदेव कोरिडो (जैविक मार्ग) घोषणा गर्नुपर्ने मागका साथै हाल सुदुर पश्चिममा रहेका सवै सामुदायिक वनको साझ माग दिगो वन व्यवस्थापन कार्यविधि तत्काल लागू गर्न माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री खगराज भट्ट, वनमन्त्री प्रकास रावल,भौतिक मन्त्री ओम विक्रम भाटका स्वकीय सचिव सिके भट्ट सहितका सरोकारवालाले सुप प्रदेशमा विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने विश्वास दिलाएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.