दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका–७, बोहरी गाउँकी माल्भिरा बिष्ट कैलाली डान्सिङ स्टार २०८३ को ग्रान्ड फाइनलमा प्रवेश गरेकी छन्। हाल धनगढी उपमहानगरपालिका–४ मा बस्दै आएकी बिष्ट ग्ली एकेडेमी धनगढीमा कक्षा ४ मा अध्ययनरत छिन्।
रोयल डान्स स्टुडियोले आयोजना गरेको जिल्ला स्तरीय कैलाली डान्सिङ स्टार २०८३ प्रतियोगितामा माल्भिराले अडिसन राउन्डदेखि विभिन्न चरण पार गर्दै फाइनलसम्मको यात्रा तय गरेकी हुन्।
उनले अडिसन, मेगा राउन्ड, कोरियोग्राफी, कल्चरल, प्रोप, फिल्मी, अन स्टाइल तथा जुगलबन्दीका चरण पार गर्दै सेमिफाइनलमा समेत उत्कृष्ट प्रस्तुति दिँदै ग्रान्ड फाइनलमा स्थान बनाएकी हुन्।
सानै उमेरमा नृत्यप्रति रुचि राख्दै आएकी माल्भिराको फाइनल प्रवेशपछि परिवार तथा शुभेच्छुकहरूले उनलाई उपाधिका लागि मतदान गर्न आग्रह गरेका छन्। उनीहरूले अहिलेसम्म प्राप्त साथ, माया र हौसलाका लागि धन्यवाद दिँदै ग्रान्ड फाइनलमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका छन्।

प्रतियोगितामा माल्भिरालाई Voting Code 119 – Malbhira Bista का रूपमा मतदान गर्न सकिने बताइएको छ। उनका लागि eSewa मार्फत मतदान गर्न eSewa खोल्ने, Voting & Events मा जाने, Kailali Dancing Star 2083 खोज्ने, Voting Code 119 – Malbhira Bista चयन गर्ने र भोट पूरा गर्ने प्रक्रिया अपनाउनुपर्नेछ।
माल्भिराको परिवारका अनुसार अडिसनबाट सुरु भएको उनको नृत्ययात्रा अहिले उपाधिको अन्तिम चरणमा पुगेको छ। परिवारले शुभेच्छुक तथा समर्थकलाई अन्तिम चरणमा पनि साथ दिँदै आफ्नो अमूल्य मतमार्फत माल्भिरालाई हौसला प्रदान गर्न अपिल गरेको छ।
“अडिसनदेखि फाइनलसम्म हात समातेर ल्याउनुभयो, अब उपाधिसम्म पुर्याइदिनुहोस्,” परिवारको आग्रह छ।
