दार्चुला । नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका वडा–३ मा गोपाल सिंह धामी नयाँ वडा सभापतिमा चयन भएका छन्। शनिबार सम्पन्न वडा अधिवेशनबाट धामीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन भएको हो।
निवर्तमान वडा सभापति भुपेन्द्र सिंह धामीको अध्यक्षतामा बसेको बैठकले गोपाल सिंह धामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निवर्तमान वडा सभापति भुपेन्द्र सिंह धामी जानकारी दिए ।
उनका अनुसार वडा उपसभापतिमा बजीर सिंह साउँद, महिला उपसभापतिमा उदय देवी धामी, सचिवमा दिपेन्द्र सिंह धामी र सहसचिवमा बिमला टमटा निर्विरोध चयन भएका छन्।
त्यस्तै, वडा सदस्यमा शेर सिंह धामी, रेवती धामी, कल्यान सिंह सामन्त, केशव सिंह धामी र चन्द्र सिंह धामी चयन भएका छन्। कोषाध्यक्षमा नयन सिंह धामी र महिला कोषाध्यक्षमा राधा टमटा चयन भएको बताइएको छ।
वडा अधिवेशनले विधानको धारा (६) ३ र केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार क्षेत्रीय प्रतिनिधिहरूको समेत टुंगो लगाएको छ।
महिला खुलातर्फ शान्ती धामी, पाता देवी धामी र भुम्का देवी धामी चयन भएका छन्। ३५ वर्षमुनिका युवा महिला तथा पुरुषतर्फ रेवती धामी, गोविन्द सिंह धामी र चन्द्र सिंह धामी चयन भएका छन्।
त्यस्तै, अपाङ्गतातर्फ देव सिंह धामी, दलिततर्फ सुन्दरी लुहार र पेशागततर्फ तारा सिंह साउँद चयन भएका छन्।
खुलातर्फ नरेन्द्र सिंह धामी, सुरेश सिंह धामी, भुपेन्द्र सिंह धामी, सुन्दर सिंह धामी र राजेन्द्र सिंह धामी चयन भएका छन्।
समानुपातिकतर्फ भोते धामी, लाल सिंह धामी, जयसिंह धामी, धरम सिंह धामी र मदन सिंह धामी चयन भएको नेपाली कांग्रेस मालिकार्जुनले जनाएको छ।
