दार्चुला । शैल्यशिखर नगरपालिका–५ मा नेपाली कांग्रेसको वडा अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले भरतसिंह साउदको सभापतित्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ।
नयाँ कार्यसमितिको उपसभापतिमा राजेन्द्रसिंह साउद, महिला उपसभापतिमा विष्णा साउद, सचिवमा गोविन्दसिंह रावल, सहसचिवमा रूपा साउद र कोषाध्यक्षमा तिलकसिंह डाँगा चयन भएका छन्।
अधिवेशनबाट २४ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको जनाइएको छ। नयाँ वडा कार्यसमितिमा युवाहरूको बहुलता रहेको कांग्रेसले जनाएको छ।
वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई निर्वाचन समितिले धन्यवादसमेत दिएको छ।
