काठमाडौं । नेपाली कांग्रेसले ४३ जिल्लाका तीन हजारबढी वडा अधिवेशन सम्पन्न गरेको छ ।
१५ औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि सुरु भएको वडाअधिवेश ४३ जिल्लामा भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन भएको हो ।
केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली गरी ४३ जिल्लामा आज सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ।
आज सम्पन्न वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरूको चयन गरिएको छ। निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला बाहेक बाँकी ३१ जिल्लाका वडा अधिवेशनहरू भोलि असोज ४ गते पनि निरन्तर जारी रहने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
