दार्चुला । दार्चुलाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको मिति २०८२ पुस १ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको नौगाड गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेम सिंह धामी पक्राउ परेका हुन्।
धामीलाई प्रहरी चौकी दल्लेख, दार्चुलाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ सोही नगरपालिका–२ दल्लेख बजारबाट पक्राउ गरेको जनाएको छ।
