कञ्चनपुर ।
नेपाली काँग्रेस(देउवा पक्ष)को १५औँ महाधिवेशन गर्नका लागि कञ्चनपुरमा तयारी भईरहेको छ । जल्लाका ३वटै निर्वाचन क्षेत्रमा महाधिवेशनको तयारी भईरहेको हो । १५असोजदेखि वडा अधिवेशन गरेर महाधिवेशन गर्न लागेकोे काँग्रेस देउवा पक्षले तयारी जनाएको छ ।
कञ्चनपुर २का सबै वडाहरुमा प्रतिनिधीहरु नेताहरु खटाईएको छ । देउवा पक्षीय नेताहरुका अनुसार बेदकोटका ९, शुक्लाफाँटाका १२ र कृष्णपुरका ९गरेर ३०वडाहरुमा वडा अधिवेशनका लागि नेताहरु खटाईएको हो । बेदकोट ८नम्बर वडा बोहक १देखि १०सम्म क्रमस पवन नेपाली, डम्बर राज जोशी, लाल बहादुर राना, शिरोमणि ओझा, भोजराज भट्ट
पवन विक्रम सिंह, देवकी जोशी, अनिता मडे, भरत रोकाया, शुक्लाफाँटा नगरपालिका १देखि १२सम्मै क्रमस हरेन्द्र भण्डारी, दुर्गा प्रसाद भट्ट, सुजीव राना, विमला सार्की ÷ भुमा चन्द, कल्पना पन्त, नवराज पन्त, सिद्धराज भट्ट, चिन्तामणि भट्ट उत्तम राज भट्ट रमेश बहादुर ऐर , ज्ञानेन्द्र बहादुर सिंह दान सिंह ऐर र कृष्णपुर नगरपालिका १देखि ९सम्मै क्रमस , भक्त बहादुर खत्री , दिल बहादुर देउवा, लाल बहादुर धामी, द्रोपति राना, टेक बहादुर बिष्ट, गिता चौधरी, टेक पाण्डेय, विष्णु खड्का, हेमराज ओझा रहेका छन ।
