दार्चुला । नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा गणेश सिंह धामी (बिबिसी) निर्वाचित भएका छन् ।
प्रदेशसभा ‘क’को सभापतिका लागि भएको निर्वाचनमा धामीले ३५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोपाल सिंह कार्कीले २४७ मत प्राप्त गरे ।
धामीले कार्कीलाई १०६ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचनमा जम्मा ६०९ मत खसेको थियो । त्यसमध्ये ९ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
