नौगाड गाउँपालिका र आन्तरिक राजस्व कार्यालय डडेल्धुराबीच समझदारी

दार्चुला । नौगाड गाउँपालिकामा आन्तरिक राजस्वसम्बन्धी सेवा स्थानीय स्तरबाटै सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले नौगाड गाउँपालिका र आन्तरिक राजस्व कार्यालय डडेल्धुराबीच समझदारीपत्र (समझदारी ) भएको छ।

समझदारीअनुसार गाउँपालिकामै स्थानीय करदाता तथा सेवाग्राहीलाई आन्तरिक राजस्वसम्बन्धी आवश्यक सेवा तथा जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।

यसबाट करदाताले स्थायी लेखा नम्बर (प्यान) दर्ता, करसम्बन्धी सूचना तथा परामर्शलगायतका सेवा लिन टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुँदा करदाता तथा सेवाग्राहीलाई समय र खर्चको बचत हुनुका साथै करसम्बन्धी प्रक्रियामा सहज पहुँच पुग्ने गाउँपालिकाले जनाएको छ।

समझदारीले स्थानीय स्तरमा कर प्रशासनलाई थप व्यवस्थित र सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.