नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका क्रममा महाधिवेशन प्रतिनिधिको होटल खर्च नव्यहोर्ने भएको छ ।
१८ देखि २१ असोजसम्म हुने महाधिवेशनका क्रममा सात हजार बढी प्रतिनिधिले आफैँ होटल खर्च व्यहोर्नुपर्ने आवास र भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
जिल्लाबाट आएका प्रतिनिधि, जनसम्पर्क समितिका प्रतिनिधि र भ्रातृ संस्थाका प्रतिनिधि आफ्नै खर्चमा बस्नुपर्ने भएको हो ।
विदेशबाट महाधिवेशनमा भाग लिन आएका पाहुनालाई भने कांग्रेसले आफ्नै खर्चमा राख्ने जनाएको छ । बिहान र दिउँसोको खाना भने पार्टीले नै खुवाउने धमलाले जानकारी दिए ।
