कञ्चनपुर क्षेत्र २ र ३ मा एनपी र लेखकको बर्चस्व कायमै, अबसरवादीले मात्रै साथ छाडेको देउवा पक्षकोे निष्कर्ष
कञ्चनपुर ।
नेपाली काँग्रेस (देउवा) पक्षीय १५ औँ महाधिवेशन शुरु भएको छ । बिहीबार देखि देउवा पक्षीय महाधिवेशन शुरु भएको हो । देउवा पक्षले काँग्रेसको नियमित महाधिवेशन दावि गरिएको छ ।
महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा पनि पहिलो दिन ६८ वडा सम्मेलन भएका छन । नेपाली काँग्रेसका सभापति पदम बोगटीले नियमित महाधिवेशन अन्र्तरगत जिल्लाभरीका वडाहरुमा अधिवेशन भएको बताए । सभापति बोगटीले जिल्लाको दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी र लालझाडीका वडाहरुमा अधिवेशन भएको छ ।
सभापति बोगटीले पाटी एकताका लागि समेत अधिवेशन गर्दै अघि बढ्न लागेको बताए । उनले जेनजी आन्दोलनको २४ भदौँमा गरेको विध्वङकारी घटनाले देशको राष्ट्रियता एव अन्य राजनैतिक शक्तिहरु क्षयिकरण गर्नबाट समेत बताउन काँग्रेस नियमित महाधिवेशनमा जोडदिए । उनले २४ भदौँको घटनाले काँग्रेस, एमाले, माओवादीमाथि प्रहार गरेको भन्दै त्यसलाई जोगाउनुपर्नेमा जोडदिए ।
उनका अनुसार कतिपय वडाहरुमा बिहीबार सर्वसम्मत वडा सभापतिदेखिका पदाधिकारी, सदस्य, क्षेत्रीय प्रतिनिधी सिफारिस भएका छन, भने बाँकी वडाहरुमा शुक्रबार हुने छन ।
क्षेत्र १मा ३२ मध्ये १०, २मा ३०मध्ये २८ र ३मा ३०मध्ये पुरैमा अधिवेशन भएको छ । काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीद्वय एनपी साउद र रमेश लेखकका क्षेत्रमा देउवा काँग्रेसको जबरजस्त देखिएको छ । विगतमा एनपी र लेखकका नजिकका केही नेता कार्यकर्ताहरु संस्थापनतिर देखिएतापनि उनीहहरुको क्षेत्रमा भने प्रभाव कायमै देखिन्छ ।
काँग्रेस दोधारचाँदनीका सभापति राजेन्द्र मल्लले सबै वडाहरुमा अधिवेशन भएको बताए । उनका अनुसार १देखि १०सम्मै क्रमस वडा सभापतिहरु हरिस भट्ट देवेन्द्र नायक दीपक मडै पदमराज भट्ट पदमराज भट्ट भरत सिह पुजारा बुद्धिबल श्रेष्ठ खडक चन्द बसन्त कुमार रोकाया बल्देब सिह साउद, सुरेश गिरी निर्बिरोध निर्वाचित भएका छन ।
नेपाली काँग्रेसकी नेतृ मिना कुवरले भीमदत्त नगरका सबै वडाहरुमा भव्य रुपमा सम्पन्न भएको बताईन । उनका अनुसार १देखि १९सम्मै क्रमस प्रमानन्द जोशी हरिकृष्ण शाह पुष्पराज जोशी, नविन पनेरु, मोहन सिह खडका, प्रकास चन्द, योगेश साउद, करन सिह साउद, शेर बहादुर विष्ट, हर्क गिरी, विशाल खत्री, विकेक कडायत गम्भिर ऐडी, भीम भट्ट, धर्मराज उपाध्याय, श्याम सिह ठगुराठी, कृष्णराज कलौनी, डम्बर जोरा निर्बिरोध निर्वाचित भएका छन ।
नेपाली काँग्रेस बेदकोट नगरका सचिव पवन नेपालीले नगरका १०वटै वडाहरुमा भव्य रुपमा अधिवेशन भएको बताए । उनले सबै वडाहरुमा सर्वसम्मत वडा सभापतिदेखि पदाधिकारी सदस्य चयन भएको बताए । उनका अनुसार १देखि १०वटै वडाहरुमा क्रमस सभापतिहरु ः दान ब ऐर, जानकी सिह, मदनराज पन्त, ईश्वर पन्त, डम्बर प्रशाद पन्त, किसन सिह भण्डारी, दिल्लीराज हमाल, लक्ष्मी मल्ल, खडक पाल र गोबिन्द नाथ रहेका छन ।
नेता नेपालीले शुक्लाफाँटा नगरका सबै वडाहरुमा पनि अधिवेशन भएको बताए । उनका अनुसार ३नम्बर वडा बाहेक अन्य वडाहरुमा क्रसम १देखि १२सम्मै डम्बर दत्त जोशी, प्रकास दत्त भट्ट, सुग्रीब राना, जय ब। कुँवर दान ब। खाती, केशव ठगुन्ना, प्रकास कु भाट, चन्द्र ब थारु, केशव दत्त पन्त, भीम ब। ऐर, नैन सिह साउद निर्बिरोध चयन भएका छन ।
काँग्रेस कृष्णपुरका युवा नेता दिल बहादुर देउवाले ९वटै वडाहरुमा अधिवेशन भएको बताए । उनका अनुसार ६ बाहेक बाँकी वडाहरुमा क्रमस घनश्याम साउद, गोपाल भारती, प्रकास मल्ल, धनराज गिरी, ईन्द्र देयवा, चन्द्र रोकाया, मिन ब। मडै, सुरेश बलायर रहेका छन ।
नेपाली काँग्रेस पुर्नवासका नेता बिनोद अर्यालले १मा श्रबण राना, ७मा बेद बहादुर तामाङ्ग, ९मा मान बहादुर खत्री र १०मा जित ब। देउवा सर्वसम्मत वडाध्यक्षमा निर्वाचित भएको बताए । उनका अनुसार बाँकी वडाहरुमा क्रसम अधिवेशन हुनेछ ।
नेपाली काँग्रेस बेलडाँडीका युवा नेता यज्ञराज भट्टले पहिलो दिन बेलडाँडीका २वडाहरुमा अधिवेशन भएको बताए । उनका अनुसार २मा जित बहादुर धामी र ३मा हसराम रानाको सभापतिमा निर्बिरोध चयन भएका छन । उनले बाँकी वडाहरुमा २०असोजभित्रै गरिनेछ । बेलौरी नगरमा ४मा अशोक पाण्डे निर्बिरोध निर्वाचित भएकाछन । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले जिल्लाभरी व्यापक रुपमा अधिवेशन भएको र बाँकी वडाहरुमा पनि क्रमिम गर्दै जाने बताए । उपसभापति सिहले वडादेखि क्रमिक रुपमा कार्य तालिका अनुरुप अधिवेशन गरिनेछ ।
