‘हामी आउँदै छौं’ अभियानका लागि रास्वपाले दार्चुलामा तोक्यो तीन जिल्ला प्रतिनिधि (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी आउँदै छौं’ अभियानका लागि दार्चुलामा तीन जना जिल्ला प्रतिनिधि तोकेको छ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले अभियानका लागि जिल्ला प्रतिनिधि तोकेको रास्वपाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए।

उनका अनुसार ‘हामी आउँदै छौं’ अभियान असोज २० गतेदेखि सुरु हुँदैछ। अभियानअन्तर्गत विभिन्न जिल्लामा पार्टीका नेताहरूलाई प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको उनले बताए।

दार्चुलाका लागि रास्वपाले हेमराज भट्ट, प्रभा कार्की र जगतप्रसाद जोशीलाई जिल्ला प्रतिनिधि तोकेको परियारले जानकारी दिए।

उनका अनुसार अभियानमार्फत पार्टीका गतिविधि तथा संगठन विस्तारका कामलाई जिल्लास्तरमा अघि बढाइनेछ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.