Naya Sadar
Badar

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस : निगमलाई खतराजन्य पदार्थ ढुवानीको अनुमति

Sadar Sano

दार्चुला – आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।

Naya Mat patra

नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । साथै निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ ।

निगमको ६३ वर्षे इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको स्थायी अनुमति पाएको हो । प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो ।

निगमले यसअघि अस्थायी रूपमा हरेक तीन महिनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएको थियो । अबदेखि स्थायीरूपमा अनुमति पाएको छ । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आईकाओ०ले खतराको सूचीमा राखेका वस्तु निगमले आवश्यक सुरक्षा अपनाएर ढुवानी गर्न सक्नेछ ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र निगमलाई पनि आर्थिक रूपमा नाफा हुने विश्वास व्यक्त गर्नुभयो । निगम अहिले पनि ५० अर्ब रुपैयाँभन्दा बढी ऋणमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.