भारतको एक इनारमा खस्दा १३ जना ज्यान गयो

दार्चुला । भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। तीमध्ये ११ को घटनास्थल र दुईजनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मृतकहरु महिला र बालिका रहेको बताइएको छ।

बुधवार राति विवाहमा सहभागीहरू इनारमा खसेको अधिकारीहरूले बताएका छन्। पुरानो इनार ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्दा उनीहरु इनारमा खसेका थिए। घटनामा परी घाइते भएकामध्ये दुई जना गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

गोरखपुर क्षेत्रका एडिजी अखिल कुमारले घटना बुधबार राति करिब साढे ८ बजे कुशीनगरको नेबुवा नौरङ्गियामा भएको जानकारी दिएका छन्। घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जिल्ला न्यायाधीशले बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई हृदयविदारक भन्दै शोक व्यक्त गरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.