Naya Sadar
Badar

बैतडीमा विद्यार्थी बोकेर हिँडेको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु

Sadar Sano
Naya Mat patra

दार्चुला । बैतडीमा विद्यार्थी बोकेर हिँडेको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।   बैतडीको पाटन नगरपालिका–३, गुरुडा स्थित सिगास माबिका विद्यार्थी टिप्पर चढेर घर फर्किदै गर्दा सोमबार अपरान्ह ४ः३० बजे पाटन नगरपालिका –३, डमोरा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्कले जानकारी दिनुभयो ।

टिप्पर दुर्घटना हुँदा घटनास्थलमै  दुर्घटनामा परेर ३ जनाको  मृत्युु भइसकेको छ ।  घटनास्थलमै मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षिय जनक राज पन्त , पाटन ३ कै १२ वर्षिय ज्ञानु बिष्ट , र १७ वर्षिय ललित अवस्थी रहेका छन । उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै थप  एक जनाको मृत्युु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बतानुभयो । थप मृत्युु हुनेमा पाटन न पा ३ बर्ष १२ का राजेश पन्त रहेका छन । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.