युक्रेनमाथि रुसको आक्रमण रोकिएन

दार्चुला । युक्रनमाथि रुसको आक्रमण अझै रोकिएको छैन । राजधानी किएभ नजिकै भएको विस्फोटमा परेर एक आमासहित दुई बालबालिकाको ज्यान गएको छ ।

रुसले बमबारी गरेपछि डराएकाहरु देश छोडेर भाग्न थालेका छन् । तर, उनीहरुले भाग्नका लागि प्रयोग गर्ने पुलमा रुसले बम खसालेको छ ।

युक्रेनी सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहयोग गरिरहेका बीबीसीले जनाएको छ । युक्रेनमा अस्थायी युद्ध विरामको घोषणा गरिए पनि युद्ध रोकिएको छैन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले किएभको दक्षिण पश्चिम सहरमा रहेको विमानस्थल पूरै ध्वस्त भएको बताउनु भएको छ । उहाँले युक्रेनमा नो फ्लाइ जोन अर्थात कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न अपिल गर्नुभएको छ ।

उहाँले नागरिकलाई बचाउनु विश्वका नेताहरुको मानवीय दायित्वसमेत भएको बताउनु भएको छ । तर, नेटो देशले अहिलेसम्म युक्रेनमा नो फ्लाइ जोन घोषणा गरेको छैन ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनमाथिको आक्रमण त्यतिबेला रोकिन्छ, जति बेला युक्रेनले लडाइँ छोडेर रुसको आग्रहलाई मान्छ भन्नुभएको खबरमा उल्लेख गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.