युक्रेनमाथि रुसको आक्रमण रोकिएन

दार्चुला । युक्रनमाथि रुसको आक्रमण अझै रोकिएको छैन । राजधानी किएभ नजिकै भएको विस्फोटमा परेर एक आमासहित दुई बालबालिकाको ज्यान गएको छ ।

रुसले बमबारी गरेपछि डराएकाहरु देश छोडेर भाग्न थालेका छन् । तर, उनीहरुले भाग्नका लागि प्रयोग गर्ने पुलमा रुसले बम खसालेको छ ।

युक्रेनी सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा पुर्याउन सहयोग गरिरहेका बीबीसीले जनाएको छ । युक्रेनमा अस्थायी युद्ध विरामको घोषणा गरिए पनि युद्ध रोकिएको छैन ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीले किएभको दक्षिण पश्चिम सहरमा रहेको विमानस्थल पूरै ध्वस्त भएको बताउनु भएको छ । उहाँले युक्रेनमा नो फ्लाइ जोन अर्थात कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न अपिल गर्नुभएको छ ।

उहाँले नागरिकलाई बचाउनु विश्वका नेताहरुको मानवीय दायित्वसमेत भएको बताउनु भएको छ । तर, नेटो देशले अहिलेसम्म युक्रेनमा नो फ्लाइ जोन घोषणा गरेको छैन ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनमाथिको आक्रमण त्यतिबेला रोकिन्छ, जति बेला युक्रेनले लडाइँ छोडेर रुसको आग्रहलाई मान्छ भन्नुभएको खबरमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.