रुसी सेना युक्रेनको राजधानीतर्फ अघि बढ्दै

दार्चुला । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किएभतर्फ अघि बढेको छ ।

युद्ध सुरु भएको पहिलो साता नै ठूलो संख्यामा किएभतर्फ अघि बढेको रुसी फौजबीचमै रोकिएको थियो । बिहिबार रातिदेखि भने रुसी फौज किएभतर्फ अघि बढेको र राजधानी भन्दा ५ किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ ।

किएभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी सेनाले अवरोध गर्ने अनुमान गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन। रुसी फौज किएभतर्फ अघि बढ्दै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले मानवीय संकट उत्पन्न हुनेतर्फ चिन्ता ब्यक्त गरेका छन् ।

रेडक्रसलगायतका संस्थाहरुले किएभमा ठूलो संख्यामा रुसी फौज उपस्थित भएपछिको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेकोछ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.