साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

दार्चुला। साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ ।यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ ।

मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर, साउदी सरकारले भने सो आरोप अस्वीकार गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.