रुसले चीनसँग सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

दार्चुला । रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ ।

खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् ।

चीन अहिलेसम्म रुस–युक्रेन युद्धमा तटस्थ छ । गएको फेब्रुअरी २४ तारिखदेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.