दार्चुला – बादी अल्पसङ्ख्यक जातिहरूमध्येको एक समुदाय हो । जसले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन ।
नेपालमा बसोबास गर्ने बादी समुदाय खस समुदायको एक हाङा हो । अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपाल को ७२ जिल्लामा बसोबास गरेको पाइन्छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा बसोबास गर्ने बादी समुदाय हरुको अहिले सम्म पुस्तौ देखि आफ्नो नाममा जग्गा जमिन समेत रहेको पाइदैन।
शैल्यशिखर नगरपालिका वडा न ६ मा बसोबास गर्दै आएका देब राम दमाई चैत्रको महिना भरी गाउँगाउँ सम्म गएर हुड्को बजाइ चैतलो गाएर आम्दानीको श्रोत जुटाउदै आएको बताउछन । परापुर्ब कालदेखि आफ्ना पू्र्खाहरुले गर्दै आएको रिती आफूहरुले पनि नछोड्ने देबराम दमाई ले बताए।
घर घरमा पुगी चैतलो गाएर मकै गहु पैसा मागेर उनी आफ्नो गुजारा चलाउदै आएका छन । हुड्को को साथमा चैतलो गाउदा सुदुरपस्चिममा चैतको महिना बहिनी ले माइती लाई सम्झेको र माइती ले बहिनी सम्झेको को बेदना गाएको पाइन्छ । सुदुरपस्चिम मा चैत्रको महिना माइती पक्षले छोरी बैनी को घरमा मीठो मसिनो लगेर भेट्ने चलन रहदै आएको छ। चैतलो गाउदा यो विषय लाई पनि गहन गरि बादि समुदायले गित मार्फत गाएको पाइन्छ। उसोत अहिले चैतलो हुड्केली लोप हुन थालेको छ। उनी हरुको पुर्ख्यौलीमा थुप्रै बादी समुदायहरुले नाचगान गरेको भए पनि अहिले आएर कहिकतै मात्र चैतलो खेलेको पाइन्छ।
चुनावको बेला भोट माग्न नेताहरु उनीहरुको घरदैलो सम्म पुग्ने गरेको भए पनि भोट मागी सकेपछी नेता हरुले चिन्नै छोड्ने देब राम दमाईको गुनासो छ ।चुनावको बेला नेताहरुले व्यवस्था गरिदिने भने पनी अहिले सम्म नत राज्यले नै उनी हरुको व्यवस्था गरेको छ नत स्थानीय सरकार ले नै हुड्को बजाएर मागी खानु आफ्नो बाध्यता रहेको महेश राम दमाई को भनाइ छ ।
भुमी आयोग र स्थानीय सरकारले जमिन नाममा दर्ता गरिदेने भने पनि तीन पुस्ता सम्म जमिन समेत नदिएको र आफूहरु जंगलको एक छेउमा बस्दै आएको ग्यानु राम दमाईले बताए ।
राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल सुदुरपस्चिम नेपालको कुन जातिको लोकगीतमा घन्केन होला । तर, तिनै नृत्य कुशल बादी युवतीहरू, उम्दा मादल बनाउने बादीहरूका अस्तित्व नै आजभोलि संकटमा पर्दै गएको छ। नाचगानमा र चैतलोमा रम्ने बादी समुदायहरू अहिले क्रमश त्यो पेशा छोड्दै गरेको पनि देखिन्छ ।
राज्यले व्यवस्था नगरे बादि सामुदायिकको चैतलो र हुड्के नाच लोप हुने देखिन्छ। हामीले त जेससो गरेर पनि पुर्ख्यौली रिबाज छोडेका छैनौ तर भाबी दिन हरुमा हाम्रा छोरा छोरीहरुले पेशालाई छोड्ने हुनकी भनी चिन्ताको बिसय रहेको देबराम दमाई को भनाई छ ।
