मेरा जस्तै अभिभावक सबैले पाऊन

म जन्मेको  ठाउँ दार्चुलाको लेकम गाउँपालीका वडा न. १ सर्माेली हो।मैले शिशु कक्षा देखि तीन कक्षा सम्म श्री हुनैनाथ प्राथमिक बिध्यालयमा पढेकी थिए ।मलाइ सम्झना छ बिहान स्कुल जानू भन्दा अगाडि घरमा पानी बोक्नु पर्थ्यो अनि स्कुलबाट आइसकेपछी घाँस काट्नु पर्थ्यो । यसै गरि सानै देखि पढाइ र घरको काममा रमाइरहनु गाउका बच्चाहरुको बाध्यता रहेछ ।मेरो दाइ सङ्ग म कक्षा तिनमा छदा महेन्द्रनगर आए र लिटिल स्टार स्कुलमा गए मलाइ याद छ पहिलो चोटि स्कुलमा जादा एकजना सरले अङ्ग्रेजीमा प्रश्न लेखेर दिनुभयो मैले उत्तर पनि लेखे तर मैले त्यो प्रश्न नबुझी उत्तर लेखेकी थिए गलत भएछन र मलाइ फेरि एक कक्षामै भर्ना गर्नुभयो।पछि दाइले बताउनुभयो त्यो एउटा प्रश्न कुनै दुइटा नदिका नाम लेख्नुहोस रहेछ मैले उत्तर के लेखेकि थिए थाहै भएन। त्यो स्कुलमा मैले एक देखि पाच सम्म पढे ।सधै प्रथम भैरहन्थे।मलाइ लिटिल स्टारमा पढ्दा यो स्कुल धेरै राम्रो छ भन्ने लाग्दथ्यो ।हुन पनि हो मैले त्यो स्कुलमा धेरै पढ्न सिक्न पाएकी थिए।म महिला रोग बिसेसज्ञ डाक्टर पढछु भन्ने सोच राखेर महेन्द्रनगर आएकि थिए तर छात्रवृत्तिमा पढ्न सरकारी स्कुलमा पढेको हुनुपर्ने भन्ने नियम रहेकोले म कक्षा ६ देखि महेन्द्र माबी साधारण स्कुलमा भर्ना भए ।अब पढ्दै जादा मलाइ यो स्कुल अहिले सम्म पढेका स्कुल भन्दा धेरै कुरामा राम्रो रहेछ भन्ने लागिरहेको छ। मैले कक्षा १ देखि नै यहि स्कुलमा पढ्नु रहेछ भन्ने लागिरहेको
छ।पहिलेको स्कुलमा पैसा तिर्नुपर्थ्यो यो स्कुलमा छात्रवृत्ति बाफत पैसा पाउँदा दङ्ग परेकी छु। मेरो स्कुल मेरो उद्देश्य प्राप्त गर्ने आधार हो।सानै छदा गाउमा काम गर्दै हिडेर स्कुल जादा देखि अहिले दिनभरी कोठामै किताबकै वरिपरि भएर साइकलमा स्कुल जादा मेरा आमाबुबा र दाइलाइ सधै सम्झिरहेकी हुन्छु ।खास मेरा जस्तै सबैका आमाबुबा र दाइ भैदिएको भए गाउका छोरिहरुले पनि सहरको स्कुलमा हासीहासी पढ्न पाउने थिए।

लेखक =पुष्पा साउँद    (लेकम गाउँपालीका वडा न. १ सर्माेली 

 हाल महेन्द्रनगर  साधारण स्कुल)मा कक्षा ७  कि छात्रा 

महेन्द्र माबी महेन्द्रनगर  

 

Leave A Reply

Your email address will not be published.