प्रशिक्षक अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

दार्चुला-नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन्।
प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले अलमुताइरी माथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो। नेपालले आज भारतविरुद्ध उपाधिका लागि खेल्दैछ।
साफको यस निर्णयप्रति अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले सबैले नियमको पालना गर्नुपर्ने भएको उल्लेख गर्दै आफूहरूमाथि अन्याय भएको बताएका छन्।
उपाधिका लागि आज नेपाल र भारतबीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे माल्दिभ्सको मालेस्थित रंगशालामा हुँदैछ।

Leave A Reply

Your email address will not be published.