आमा
शरीरमा बग्ने खुन आमाको
नभुल तानेको थुन आमाको ।
समय भन्दा नि हजारौं गुणा
अमुल्य हुन्छ गुण आमाको।
उसैको कामना पूरा हुनेछ
जो फेरिदिन्छ ऊन आमाको।
अरूलाई भुली तिमीलाई मात्र
हुन्छ हँसाउने धुन आमाको।
हुर्केर सन्तानले पाल्दछ भनी
नहोला र रहर कुन आमाको।
कवि गीता ठगुन्ना दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।