तस्वीरमा दार्चुला निर्वाचन प्रहरीको बिदाइ

दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ती गरिएका ९३० जना निर्वाचन प्रहरीलाई बिहीबार सम्मानपूर्वक बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक(डीएसपी)गौरव महतले ४० दिन निर्वाचन सुरक्षामा योगदान दिएका निर्वाचन प्रहरीलाई प्रमाणपत्र र अबिरमालासहित बिदाइ गरेको जानकारी दिए ।

उता सशस्त्र प्रहरी कार्यालय दार्चुलाले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको जनाएको छ । सशस्त्र प्रहरीले दार्चुलामा ४२ जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।

दार्चुलाको लटिनाथ बाट विदा भए निर्वाचन प्रहरी (फोटो फिचर)

 

Leave A Reply

Your email address will not be published.