शिक्षामन्त्री, सचिव देखि सासदलाई ज्ञापन पत्र माफर्त ध्यानाकर्षण 

धन सिह धामी 

कञ्चनपुर, १२ असार ।

कञ्चनपुर दिक्षान्त समारोहमा पुगेका शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा सचिव चुडामणी पौडेल, सासद ज्ञानेन्द्र महता सहितका शिक्षाका अधिकारीलाई तलब भत्ता बृद्धि बारे ध्यानाकर्षण गराईएको छ । शुक्रबार १२असार महेन्द्रनगरमा भएको सुदूरपश्चिम विश्वविद्यालय छैटौँ दीक्षान्त समारोह कार्यक्रममा जिल्ला पुगेका शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा सचिव चुडामणी पौडेल, सासद ज्ञानेन्द्र महता सहितका शिक्षाका अधिकारीलाई तलब भत्ता बृद्धि बारे ध्यानाकर्षण गराईएका हो । जिल्लाका संघीय शिक्षण सिकाई अनुदान, राहत शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरुले आगामी आर्थिक बर्ष ०८३÷०८४देखि अन्य सबै प्रकृतिका सरकारी कर्मचारीहरुको तलब भत्ता बृद्धि गरेपनि आफुहरुको नगरेको भन्दै दुखेसो पोखका छन । संघीय शिक्षण सिकाई अनुदान शिक्षक समितिका केन्द्रीय अध्यक्ष बलजिर सिह भण्डारीले जिल्ला पुगेका शिक्षामन्त्री, सचिवदेखिका सासद सहितका जिम्मेबारी पदाधिकारीहरुको ध्यानाकर्षण गराएको बताए । ‘हामीले राज्यले आफुहरुमाथि गरेको पारिश्रमिक विभेद बारे मन्त्री,सचिवदेखि सासद ज्यूको ध्यानाकर्षण गराएका छौँ, ‘भण्डारीले भने, ‘यसबारेमा फेरी सोच्छौँ भनेका छन ।’ सरकारले आफुहरुमाथि पारिश्रमिक बृद्धि नगरेकाले अन्याय गरेको भन्दै संघीय शिक्षण सिकाई अनुदान, राहत शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरु सरकार बिरुद्ध आन्दोलनदेखि रुष्ट हुँदै आएका छन । एकै विद्यालयमा पढाउने, काम गर्ने स्थायी प्रकृतिका शिक्षकको तलब भत्ता बृद्धि अनि अस्थायीमाथि समाजिक अन्याय बिभेद गरेको भन्दै अनुदान, राहत शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारी चिन्तित भएका छन । लामो समयदेखि न्यून पारिश्रमिकदेखि राज्यबाट पाईने थुप्रै सुविधाबाट बञ्चित अनुदान, राहत शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारीको पीडा समेत नबुझिदिएको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.