तिब्बततर्फ फेरि ड्याम फुट्यो, उद्धारकर्मी र स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा फेरि बाढीको बहाव बढेको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भोटेकोशीमा बाढीको बहाव बढेको जानकारी दिए। उनका अनुसार बाढीको बहाव बढ्नुको कारण भने अझै यकिन भएको छैन।

चीनतर्फ छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको हुनसक्ने आशंका गरिएको छ। ताल फुटेपछि त्यसको पानी भोटेकोशीमा मिसिँदा बहाव बढेको हुनसक्ने अनुमान गरिएको छ।

बाढीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रमा सतर्कता अपनाइएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.