रसुवा बाढीले ४ जना पत्रकार सम्पर्कविहीन, ९ वटा मिडिया प्रभावित

काठमाडौं । भोटेकोशी बाढी प्रभावित मिडिया र पत्रकारमाथि प्रेस काउन्सिल नेपालले पत्रकार, पत्रकारका परिवार र सञ्चारमाध्यमको अवस्थाको विषयमा स्वअनुगमन गरेको छ ।

प्रेस काउन्सिलले गरेको यस्तो अनुगमनबाट अझै ४ जना सम्पर्कविहीन, २ जना सम्पर्कमा आएको, ३ जनाको परिवारका सदस्य सम्पर्कमा नभएको, ३ जनाको भौतिक सम्पत्तिमा क्षति पुगेको र ९ वटा मिडिया प्रभावित भएको सहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिलको स्वअनुगमन प्रतिवेदनमा पत्रकारहरु नयाँ पत्रिकाका टेकबहादुर थामी, शेखर ढुंगाना, नागरिक पोष्टका राजकुमार नेपाली र शिलापत्रका सुरेश सिंखडा १० भदौको बाढीपछि सम्पर्कमा छैनन् ।

बाढीले रेडियो त्रिशुली, गज्जप रेडियो, रेडियो चिम्टेश्वर, रसुवा एफएफ, जालपा रेडियो, रेडियो भैरवी, रेडियो लाङटाङ र नुवाकोट एफएफमा बाढीको कारण क्षति हुँदा सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ ।

अनुगमनका क्रममा पत्रकारका आफन्त हराएको र धन तथा सम्पत्तिको क्षतिको विषयसमेत उल्लेख गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.