राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डमा करण सिंह पाल र अंश वर्मा सम्मानित

कञ्चनपुर ।

नेपाली कला तथा संगीत क्षेत्रको प्रवर्द्धन र सिर्जनशीलतामा योगदान पुर्‍याउँदै आएका करण सिंह पाल र अभिनेता अंश वर्मा ‘चौथो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड–२०८३’ मा सम्मानित भएका छन्।

ब्राण्डरुट इन्टरटेनमेन्ट प्रा.लि.द्वारा आयोजित अवार्ड समारोहमा पाललाई कला, संगीत तथा मनोरञ्जन क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो। कलाप्रेमी, कुशल आयोजक तथा कला–संस्कृतिका शुभचिन्तकका रूपमा उनले पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यस्तै, अभिनेता वर्मालाई ‘सिन्दूर’ गीतमा गरेको अभिनयका लागि ‘बेस्ट एक्टर मोडर्न सङ मेल’ विधामा उत्कृष्ट अभिनेता अवार्ड प्रदान गरिएको छ। वर्माको अभिनयलाई मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

अवार्ड समारोहमा वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङ, ब्राण्डरुट इन्टरटेनमेन्टका अध्यक्ष सुनिल बस्नेतलगायतको उपस्थिति रहेको थियो।

काठमाडौंस्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा २०२६ सेप्टेम्बर ४ (२०८३ भदौ १९) मा सम्पन्न कार्यक्रममा पाल र वर्मालाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा नेपाली कला तथा संगीत क्षेत्रका कलाकार, सर्जक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

पाल र वर्माले प्राप्त गरेको सम्मानले नेपाली कला तथा संगीत क्षेत्रमा योगदान र सिर्जनशीलतालाई थप प्रोत्साहन मिल्ने आयोजकको विश्वास छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.