कंचनपुर क्षेत्र नं.-३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकबहादुर ठकुराठीको उम्मेदवारी घोषणा

कञ्चनपुर ।

नेपाली कांग्रेसका नेता तथा वरिष्ठ निर्माण व्यवसायी लोकबहादुर ठकुराठीले नेपाली कांग्रेस कंचनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि निर्माण व्यवसाय, सामाजिक सेवा तथा राजनीतिक क्षेत्रमा सक्रिय ठकुराठीले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र अपेक्षालाई प्रतिनिधित्व गर्ने तथा कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन्।

निर्माण व्यवसाय क्षेत्रमा लामो अनुभव हासिल गरेका ठकुराठी निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्वअध्यक्षसमेत हुन्। उनी हाल सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघका सल्लाहकारका रूपमा समेत सक्रिय छन्। निर्माण व्यवसायसँगै सामाजिक गतिविधिमा समेत निरन्तर संलग्न रहँदै आएका ठकुराठीले स्थानीय स्तरमा विभिन्न सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा चासो राख्दै सहयोग गर्दैँ आएका छन्।

राजनीतिक रूपमा नेपाली कांग्रेससँग लामो समयदेखि आबद्ध ठकुराठीले पार्टी संगठनलाई व्यक्तिकेन्द्रित नभई कार्यकर्ता, शुभेच्छुक र आम नागरिकसँगको सहकार्यमा आधारित बनाउनुपर्ने धारणा राख्दै आएका छन्। उनले पार्टीको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। राजनीति केवल निर्वाचन जित्ने माध्यम नभई समाजको आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने जिम्मेवारी भएको उनले बताए। नेपालि कांग्रेसको पार्टी संगठनलाई जनतासँग अझ नजिक जोड्दै सामाजिक उत्तरदायित्वसहितको राजनीतिक संस्कार विकास गर्न आफूले भूमिका खेल्ने उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधि पार्टीको नीति, नेतृत्व चयन र संगठनको आगामी दिशासँग जोडिने महत्वपूर्ण जिम्मेवारी भएकाले आफ्नो उम्मेदवारीलाई उनले व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठन र कार्यकर्ताको हितमा योगदान गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर आफुलाई सहयोग गर्ने आश्वासन, सहयोग र स्नेह नेता कार्यकर्ताले ब्यक्त गरेको उनले  बताएका छन । उनले आफुलाई महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतका साथ बिजय गराईदिन हुन सम्पुर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुकहरुलाई हार्दिक अनुरोध गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.