बाबाको परिश्रम र दु:खलाई सुखमा बदल्नु छ

बाबाको परिश्रम र दु:खलाई सुखमा बदल्नु छ

उनको हरेक टुक्रा पसिना, हाम्रो सुखको नै भइदिन्छ हो किन। बाबाकोदुख लुकाउने माया, हामीलेबुझ्नु छ अब ।

जसरी पानीले बग्छ ढुङ्गा, बाबाकोश्रमले हाम्रो भयो जिन्दगी। अझैपनि उनको आँखामा, हाम्रो सुखको आस छ अरूलाई नदेखिने खुशीको सस छ ।आज हामी उचाइमा पुग्यौं, बाबाको त्यो संघर्षको कथा बुझ्यौं। उनको हरेक तिर्सनाको अर्थ, हाम्रो खुशीमा देख्यौं।।

अब उनको सेवा गर्ने बेला, दिनहरूमा सुख भर्ने खेला। बाबाकोमुस्कान नै हाम्रो लागि, सबैभन्दाठूलो सम्पत्ति हो ।

बाबाको दुखलाई सुखमा बदल्न, उनलाई आराम दिनेछौं हामी। उनको सपना पुरा गर्ने छौं, यहीनै हाम्रो जिन्दगीको अर्थ हो भनी।।

उनको हरेक क्षणमा , हाम्रोलागि त्यागको इतिहास छ। अब हामीलेनै उनलाई, सुखको छाया दिनु पर्छ।।

बाबाको माया अनमोल छ, उनकोदुखलाई सुखमा बदल्न, हामी सबै मिलेर, उनलाई आदर र मान दिनुछ।

यो जिम्मेवारी हाम्रो छ, बाबालाई सुखीबनाउनु छ। किनकिउनको दुख नै, हाम्रोसुखको आधार हो।

लेखक कुबेर सिंह धामी नौगाड-६ दार्चुला

Leave A Reply

Your email address will not be published.